7 April 2025
KALIKATIMES.COM

जिल्ला बिपद ब्यवस्थापन समितिकाे बैठक सम्पन्न

वीरगन्ज । जिल्ला बिपद ब्यवस्थापन समिति पर्साको आज बैठक सम्पन्न भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारि नारायण भट्टराईको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकमा बाढीले पर्साको विभिन्न स्थानीय तहमा धेरै घरहरु डुबानमा पर्नुका साथै भौतिक, धनमालको क्षति भएकोले प्रभावित स्थल अनुगमन गर्नका लागि नेपाल रेडक्र्सका स्वयंसेवक, नेपाल प्रहरिका प्रतिनिधिहरु, जिल्ला प्रशासनका प्रतिनिधि तथा स्थानीय प्रतिनिधिको रोहबरमा डाटा संकलन गर्ने छलफल भएको बैठकमा सहभागी रेडक्रसका राजन श्रीवास्तवले वताए ।

प्रभावित स्थलको अनुगमन गर्दा निष्पक्ष एवं आफ्नो इमानदारीपूर्वक मात्र डाटा संकलन गर्न प्रजिअ भट्टराईले निर्देशन दिए ।

उक्त छलफलमा सहायक प्रजिअ नेत्र शर्मा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त बराल, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, रेडक्र्सका प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँ, कोषाध्यक्ष महन्थ यादव लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.210 sec. Memory consumption:82.42 mb