वीरगंज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का युवा नेता मनोज चौधरीले बिरगंजको बाटो २५/२५ मिटर फराकिलो गर्ने निर्णय स्वागत योग्य रहेको बातएका छ्न ।
सडक डिभिजन कार्यालयले वीरगन्जको सडक पनि २५/ २५ मिटर दायाँ बायाँ फराकिलो गर्ने अन्तिम निर्णय गरे पछि नेता चौधरीले यो खुशीको कुरा भएको बताएका हुन् ।
केही दिन अगडी नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको अयोजना गर्दै कांग्रेसका नेताहरुले वीरगन्जको बाटो १५/ १५ मिटर दायाँ बायाँ थप फराकिलो गरे प्रयाप्त हुने बताएका थिए। बाटो तोडिनु पर्छ र यसको बिरोध गर्नेहरु बिकास र परिवर्तन बिरोधि भएको टिप्पणी समेत चौधरीले गरेका छ्न ।
४ लेन को बाटो प्रयाप्त भएको टिप्पणी हुँदै गरेको बेला , नेता चौधरीले बाटो ६ लेननै बन्नु पर्छ भन्ने कुरामा अडान लिएका छ्न । देश भरी बिकास र समृद्धिको बिगुल बाजीरहेको बिला केही ब्याक्तीहरुले बिरगंजको बिकास नचाहेको कालिका टाईम्स संग कुरा गर्दै आरोप पनि लगाएका छन।