30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अध्यक्ष भए दिन देखी नै गोष्ठी, बैठक, तालिम जादा जादै समय बितेको :-अध्यक्ष मिया

वीरगंज,२४ जेठ ।
जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साको आयोजनामा ईजिआरपी कार्यक्रम अन्तर्गत शुक्रवार बिरगंजको भिस्वा होटलमा नेतृत्व विकास तथा पैरवी कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मियाले गाउपालिका अध्यक्ष भए दिन देखी नै सरकारी तथा गैरसकारी संस्थाहरुको सभा, गोष्ठी, बैठक, तालिम जस्ता कार्यक्रममा जादा जादै समय बितेको बताएका छन ।

समय झिनामसिना कुरामा बित्दा अपेक्षित काम हुननसकेका कारण जनताले आका्रेशित भईरहेको बताएका छन । पुरानै मान्छे पुरानै शैलीलले गर्दा मात्रै स्वरुप बदलेकोले विकासको क्रममा बदलाव नभएका कारण चाहिने जति अगाडी बढन नसकिएको बताए । मियाले आफना भनाईहरु राख्दै ईमान्दारी पुर्बक लागे जुन सुक्कै काम हुने भएकोले आआफनो ठाउबाट ईमान्दारी अपनाउन आग्रह गर्नु भयो । कार्यक्रममा पकहामैनपुर गाउपालिकाका अध्यक्ष बिजय चौरसियाले शिक्षाको विकास गर्न तथा गुणस्तरिय बनाउन ४ जनाको मुख्य भुमिका हुने बताउनु भएको छ ।

पहिलो भुमिका शिक्षकको, दोसा्रे बिधार्थीको, तेसा्रे अभिभावकको र चौथौ हामी जनप्रतिनिधिको रहेको बताए । यी चारै जनाले ईमान्दारी नअपनाए शिक्षाको स्तर नउठने ठोकुवा गर्नु भयो । कार्यक्रममा कालिकामाई गाउपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, बिन्दवासीनी गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, ठोरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा लगायतकाले मन्तब्य राखेका थिए । यसै क्रममा बिरगंज महनगरपालिकाका शिक्षा समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले भोली बिरगंजमा १८ माध्यमिक बिधालय मध्ये २ वटा बिधालय रेल्वे मावि र श्रीपुर मालिाई डिजिटल प्रबिधीबाट बिधालय सचालन गर्नका लागी उदघाटन हुने बताउनु भएको छ । बिरगंजका बाकी बिधालयमा पनि बिस्तारै लागु गर्ने बताए । ईजिआरपी कार्यक्रममा कार्यक्रम संयोजक भरत सहनीले प्रस्तुती गर्दै गाउपाकिलाकाले ४ वटा क्रियकलाप गर्नु पर्नेमा एक वटा पनि क्रियाकलाप आज सम्म नगरेको विवरण सार्वजनिक गर्नु भएको छ । जगरनथापुर गाउपालिका, पर्सागढी नगरपालिका, कालिकामाई गाउपालिका, धोबिनी गाउपालिका र पटैवर्वासुगौली गाउपालिकाले गर्ननसकेको तथ्यांके प्रस्तुत गर्नु भएको थियो । १ दिने कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले घुम्ती पढाई, पा्ररम्भीक कक्षा पढाई, दौतरी शिक्षा, तालिम, अवलोकन, अनुगमन तथा समिक्षा र पढाई मेला कार्यक्रम बारे प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.368 sec. Memory consumption:81.41 mb