30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

किशोरीहरुद्वारा चेतनामूलक नाटक प्रदर्शन

natak_kalikatimes

वीरगंज, १९ जेठ ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, प्रसोतिपुरमा विद्यालय भर्नाको लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को सहयोग र सृजना किशोरी संवाद संजालको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।

विद्यालय बाहिर रहेको वालवालिकाहरुलाई विद्यालय भर्ना गराउन र बेटी पढाउ बेटी बचाउको लागि चेतना जगाउने उद्देश्यले सडक नाटक गरिएको किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए ।

आयोजक संजालकी अध्यक्ष पृति कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जमिला खातुन, संवाद सहयोग समितिकी अध्यक्ष इन्दु देवी यादव, उमा राय माझी लगायतकाले मन्तव्य राखेका थिए ।

शिक्षाको महत्व, आवश्यकता, विद्यालय भर्ना लगायतका बिषयवस्तु समेटिएका नाटक किशोरी संवाद कार्यक्रम अन्तर्गत गठित किशोरी संवाद समुहका किशोरीहरुले आफै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.118 sec. Memory consumption:81.41 mb