26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा नेपाली काङ्ग्रेसको जागरण अभियान सम्पन्न

वीरगंज, १३ जेठ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा आज नेपाली काङ्ग्रेसको जागरण अभियान सम्पन्न भएको छ । जगरनाथपुरको गापाको वडा नं. ५ मसिहानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरले केपि ओलि नेतृत्वमा सरकारकको वरिपरि नै भ्रष्टाचार मौलाएको आरोप लगाए ।

आँखाले भ्रष्टाचार देखनै नसक्ने बताउने प्रधानमन्त्री ओलि कै वरिपरि भ्रष्टाचार मौलाएको आरोप लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रीय सदस्य मन्सुरले सरकारले पत्रकारको घाटि निमोठने काम गरेको वताए ।

नेपाली काङ्ग्रेस जगरनाथपुर गाउँपालिका सह संयोजक विहारि महतो नुनियाको सभापतित्वमा भएको कार्यक्रममा पर्साका सभापति अजय द्विवेदि, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य राजेशवर साह, शंकर चौधरी, क्षेत्री सभापति रमेश पाण्डे, महा समिती सदस्य बृहस्पती श्रेष्ठ, रामदेव चौहान लगायतकाले मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन क्षेत्रीय सचिव श्रीकान्त यादवले सन्चालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.587 sec. Memory consumption:81.46 mb