22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बुधबारको आंंधीलेे पर्सामा विधुत पोलहरु ढल्नुको साथै केही घरमा क्षति

वीरगंज, ९ जेठ ।
आंधीले पर्साको केही ठाउँमा फेरि क्षति पुर्याएको छ । बुधबार सान्झ ७:३० बजे आएको आंधीले बिधुतको पोल ढाल्नुको साथै केही घरमा समेत क्षति पुर्याएको छ । आंधीले पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ४ हरपुरमा विधुतको पोल ढल्नुको साथै विधालयको पर्खाल समेत ढलेको छ ।

श्री दुर्गा प्रा.वि. हरपुरको कम्पाउन्ड पर्खाल ढलेको छ भने केही विधुतको पोलहरु ढलेको स्थानिय नागेन्द्र प्रसाद यादवले वताए । यस्तै उनका अनुसार साहदेव महतो थारुको फुसको घरमा क्षति पुगेको छ भने बागड यादवको निर्माणधिन घरको पर्खाल भत्किएको छ । ठग महतोको विधुतको पोल नै ढलेको छ तर मानविय क्षति नभएको उनले जानकारी गराए ।

यस्तै धोबिनी गाउँपालिकाको वडा नं. ३, गुलरियामा पनि आंधीले क्षति पुर्याएको छ । गुलरियामा विधुत पोलहरु बाटो मै ढलेको र लाईन अवरुध भएको वडा सचिव पप्पु पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.244 sec. Memory consumption:81.45 mb