26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विधालय भर्नाको लागि किशाेरीहरूद्वारा सडक नाटक प्रदर्शन

वीरगंज, ८ जेठ ।

वीरगंज महानगरपालिकाको वडा नं. २९, मुसैलीमा विद्यालय भर्ना सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोग र एकता किशोरी संवाद संजालको आयोजनामा सडक नाटक भएको थियो ।

विद्यालय बाहिर रहेको वालवालिकाहरुलाई विद्यालय भर्ना गराउने उद्देश्यले सडक नाटक गरिएको किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए । संजालकी अध्यक्ष छठी कुमारी मण्डलको अध्यक्षता र संवाद अधिकृत प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संवाद सहयोग समितिका रामचन्द्र गौरो, उमा राय माझी लगायतको मन्तव्य राखेका थिए ।

शिक्षाको महत्व, आवश्यकता, विद्यालय भर्ना लगायतका बिषयवस्तु समेटिएका नाटक किशोरीहरुले आफै प्रदर्शन गरेका थिए । सो कार्यक्रममा तारा किशोरी संवाद समुह, सितारा किशोरी संवाद समुह, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.648 sec. Memory consumption:81.41 mb