30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छिपहरमाईमा झुडिएर २ युवतीको मृत्यु

jhundiyera mirtu_kalikatimes

वीरगंज, ३० बैशाख ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ३, जयमांगलापुरमा आइतबार एक युवतीले पासो लगाई आत्म हत्या गरिकी छिन । जयमांगलापुर निवासी रमेश मुखिया बिनको श्रीमती अं. बर्ष २२ की बिन्दी देवी मुखियाले घरमा कोही नभएको अवस्थामा आफ्नो सुत्ने कोठाको सिलिङ फ्यानमा झुण्डीएर आत्म हत्या गरेकी प्रहरीले जनाएको छ ।

आत्म हत्याको खबर प्राप्त साथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट टोली खटि गई लासको पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाईएको र घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका पोखरियाका प्रहरी निरिक्षक मछ्रिन्द्र केसीले वताए ।

मृतकका ससुरा अमिरी मुखिया विन र श्रीमान आइतबार वीरगंजमा रहेका थिए । मृतकी माइती भारतको बेतियामा रहेको छ ।

यता सोमबार विहान पनि छिपहरमाई गाउँपालिकामा एक युवती पासो लगाई आत्म हत्या गरेकी छिन । छिपरहमाईको वडा नं. २ निवासी विलास महतोकी श्रीमती बर्ष २० की सन्तोषी महतोले आफ्नै घर पछाडीको अम्बारको रुखमा रातो सुतिको साडीको पासो लगाई झुण्डी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा इप्रका पोखरियाबाट प्रहरी टोली खटि गई शव पोष्ट मार्टमको लागि नारायण अस्पताल वीरगंजमा पठाउने कार्य गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.731 sec. Memory consumption:81.41 mb