22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गर्भवती महिलाहरुलाई कुखुराको चल्ला

kukhurako chala_kalikatimes

वीरगञ्ज, २७ बैशाख ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बहुक्षेत्रीय पोष्ण कार्यक्रम अन्तर्गत बिहिबार एक कार्यक्रमका विच वडा नं. १, २ र ५ को गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।

गर्भवती महिलाहरुलाई अण्डा खानको लागि तिन वटै वडाका ३ सय जनालाई कुखुराको चल्ला वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले वताए । स्वास्थ्य चौकी सखुवा प्रसौनीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिप कुमार जयसवालले गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरे ।

कुखुराको चल्ला वितरण गर्दै अध्यक्ष जयसवालले गर्भाअवस्थामा महिलाहरुलाई खानपिनमा विशेष ध्यानदिनु पर्ने वताए । त्यस कै लागि बहुक्षेत्रिय पोष्ण कार्यक्रम अन्तर्गत सुनौ हजार दिनको आमाहरुलाई ८ हप्ते कुखराको चल्ला वितरण गरिएको उनले वताए ।

यता सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ३ मा पोष्ण सम्बन्धि तालिम सम्पन्न भएको छ । वडा अन्तर्गतका ६० जना किशोरीहरुको सहभागिता रहको तालिम सम्पन्न भएको हो । तालिममा स्वास्थ्य संयोजक रौनियार, दिपनारायण महतोले किशोरीहरुलाई संतुलित खाना, आइरन चक्कीको प्रयोग तथा महिनावारी स्वास्थ्य व्यस्थापन बारेमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.768 sec. Memory consumption:81.45 mb