31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गर्न खोज्यो : उपाध्यक्ष लामिक्षाने

press_kalikatimes

वीरगन्ज, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा वीरगन्जको घण्टाघरबाट निस्केको प्रभातफेरी नगर क्षेत्रको परिक्रममा गर्दै माइस्थान पुगी कोण सभा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ उपाध्यक्ष केसी लामेछानीले हाल सम्म नेपालको पत्रकारिता इतिहासमा ३० भन्दा बढी पत्रकारहरु सहादत प्राप्त गरेको चर्चा गर्दै नेपालको पत्रकारिता नाङ्गो खुखुरीको धारमा माथी हिडने सरह रहेको वताउनु भयो ।

हालको दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने कानुनहरु वनाउँन लागेको चर्चा गर्दै वहाँले साईवर अपराधको नाममा प्रेसलाई कन्ट्रोल गर्ने खालका कानुन बनाई प्रेस स्वतन्त्रणलाई संकुचित गर्ने काम गरीएको वताउनु भयो । वहाँले साईवर अपराधको नाममा पत्रकारलाई धरपडक गरी प्रेस माथी नै सरकारले प्रहार गरेको वताउनु भयो ।

उहांले यस्तो अवस्थामा साईवार क्राईमको धारा ४७ र धारा ४८ खारेज गर्नु पर्ने अभियानमा देशै भरीका संचरकर्मीहरु एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ पर्साका पर्साका सभापती श्याम बन्जाराले नेपालको सम्पुर्ण पत्रकारहरु एकजुट हुनु पर्ने तथा प्रेसलाई सरकारले नियन्त्रण गर्ने गरीरहेको प्रयासलाई निषेद पार्ने अभियानमा लाग्नु पर्ने धारण राख्नु भयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु गरी मनाईदै छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.012 sec. Memory consumption:81.45 mb