22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत तालिम सम्पन्न

animeter training_kalikatimes

वीरगन्ज, १४ बैशाख ।
पर्सा, बाराका एनिमेटरहरुको लागि संचालित १० दिने अधारभुत प्रथम चरणको तालिम शनिबार सम्पन्न भएको छ । किशोरी संवाद कार्यक्रम अन्तर्गत कृषी अनुसन्धान केन्द्र परवानीपुरमा संचालित आवासिय तालिम सम्पन्न भएको हो । तालिमको समापन समारोहमा वोल्ने वक्ताहरुले नैतिक शिक्षा ह्रास भन्दै चिन्ता व्यक्त गरे । शिक्षा बढे सरह हिंसा पनि बढदै गएको वोल्ने वक्ताहरुको तर्क थियो ।

वक्ताहरुले समाजमा विकृति र व्युटि दुबै रहेकोले त्यसको पहिचान गरी काम गर्नु पर्ने एनिमेटरहरुलाई सुझाव समेत दिए । यसका साथै किशोरीहरुलाई अनुशाषित भएर घरमा बस्नुको साथै काम गर्न पनि आग्रह गरे ।

कार्यक्रम व्यवस्थापक भानु पराजुलीको अध्यक्षतामा र जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समन्वय समितिका सह संयोजक ठाकुर न्यौपाने, कृषि अनुसन्धान केन्द्र परवानीपुरका कार्यकारी निर्देशक तुफैल अखतर, किशोरी संवाद कार्यक्रमका पर्सा, बारा संयोजक भागवती शर्मा, सामुदायिक विकास कार्यक्रमका पर्सा संयोजक दिपक बोहरा, किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेशवर साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन एनिमेटर उमा राय माझीले गरेकी थिइन ।

युरोपियन युनियनको सहयोग र नेपाल ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को आयोजनामा किशोरी सशक्तिकरणको लागि संवाद अन्तर्गत तालिम भएको थियो । पर्सा र बाराका १६ जना एनिमेटरहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक भिम कुमार राई, पुर्जा बर्मा, प्रकाश पाण्डे लगायतकाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.884 sec. Memory consumption:81.39 mb