22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

माइती नेपालले हावाहुरीबाट प्रभावित १० छात्रालाई आवाशिय शिक्षा दिने

maiti nepal_kalikatimes

वीरगंज, २५ चैत ।
वीरगञ्ज २५ चैत । चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित बारा र पर्साका अति विपन्न परिवारका १० छात्राको आवाशिय शिक्षाको सम्पूर्ण जिम्मा माइती नेपालले लिएको छ । आगामी शैक्षिक शत्रदेखि माइती नेपालले उनीहरुको पढाइको जिम्मा लिन लागेको हो ।

माइती नेपालको काठमाडौं ंस्थित टेरेजा एकडेमीमा ५ बर्षदेखि १० बर्ष उमेर समूहका १० जना छात्रालाई १० कक्षा सम्म आवाशिय रुपमा शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
फेटा गाउँपालिकाको पुरैनिया, भलुही भरवलिया, महागढीमाई नगरपालिकाको तेलगाई, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया र देवताल गाउँपालिकाको रामपुरवामा पुगेर वस्तुस्थिति अवलोकन गरी स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर १० जना बालबालिकको छनोट गरिएको माइती नेपालले जनाएको छ ।
हावाहुरीका कारण परिवारका सदस्य गुमाएका, आर्थिक अवस्था कमजोर भएका, दलित परिवारका १० जना बालिकालाई बालगृहको संरक्षणमा लैजाने निर्णय गरेको माइती नेपालका चितवन कार्यक्रम संयोजक इश्वर गिरिले जानकारी दिइन् ।

छनोटमा परेका बालिकाहरुलाई माइती नेपालले अगामी वैशाख १० गतेबाट भर्ना गराई अध्ययन कार्य प्रारम्भ गराउने माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.465 sec. Memory consumption:81.46 mb