22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

गैसस महासंघ पर्साद्वारा भाडा बर्तन राहत वितरण

वीरगञ्ज : गैर सरकारी संस्था महासंघ नेपाल, पर्साले शुक्रबार हावाहुरी पिडितलाई राहत वितरण गरेको छ । बाराको देवताल गाउँपालिकाको वडा नं. ७, रमपुरवाका हावाहुरी पिडितलाई महासंघले राहत वितरण गरेको हो ।

आइतबार आएको भिषण हावाहुरी प्रभावित रमपुरवाका ३० घरपरिवारलाई राहत वितरण गरिएको गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहले वताए । पिडितहरुको घर मै पुगी राहत स्वरुप भाडाब्रतन सहयोग गरिएको अध्यक्ष साहले जानकारी गराए ।

महासंघ पर्साले प्रति परिवार डेक्ची १ थान, कराही १ थान, प्लेट २ थान, डाडु १ थान, पनियु १ थान लगायतका सामग्री राहत वितरण गरेको हो । राहत वितरण गर्न गैसस महासंघ पर्साकी उपाध्यक्ष अर्चना गुप्ता, कोषाध्यक्ष मनोज यादव, सह सचिव प्रभात मिश्रा, जयनारायण चौधरी, मालती कुशवाहा लगायतको समुह प्रभावित क्षेत्र पुगेको थियो ।

रमपुरवाका पूर्ण रुपले क्षतिग्रस्त घरघर मै पगी अभाव रहेको भांडाब्रतनको वितरण महासंघले गरेको हो । नेपाली सेनाले ति क्षतिग्रस्त गाउँमा अस्थाई टहरा निर्माण पनि थालेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.406 sec. Memory consumption:81.47 mb