31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

sunita_kalikatimes

वीरगञ्ज, १५ चैत ।
डाक्टर श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी वीरगञ्जकी एक महिलाको उपचारका क्रममा निधन भएको छ । नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षिय सुनिताको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

सुनीतालाई डा. यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ । शुक्रबार अपरान्ह अस्पतालमा उपचार कै क्रममा उनको मृत्यु भएको सुनिताको ठुलो दाई मोहन यादवले वताए । डा. यादव र उनको परिवारका सदस्य विरुद्ध सुनिताको माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजरी पनि दिएको छ । डा. एसएन यादवको नामले वीरगञ्जमा परिचित डा. सचितानन्द चैत ६ गते बुधबार होलीको दिन राति वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् ।

बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा र्पुयाइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । डा. यादवको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद लिए अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.943 sec. Memory consumption:81.47 mb