31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

होली मर्यादित र सभ्य बनाउन वीरगंजमा चेतनामूलक प्रभात फेरी

prabhatferi_kalikatimes

वीरगंज, ४ चैत ।
मर्यादित एवं सभ्य होली पर्बको लागि वीरगंजमा सोमबार जनचेतनामुलक प्रभात फेरी सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजको रोयल पार्टी प्यालेसबाट निस्केको प्रभात फेरी घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै वीरगंज बजार परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर होली मिलन तथा सुभकामना कार्यक्रममा परिणत भएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज, पर्यटन पत्रकार संघ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, समुदाय प्रहरी साझेदारी पर्सा, व्यवस्थित वीरगंजको संयुक्त आयोजनामा भएको प्रभात फेरीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवी, वीरगंज स्प्रिट क्लब माईस्थानका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागीता रहेको थिए ।

prabhat feri2_kalikatimes

प्रभातफेरीमा सभागिहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली करले होइन, रहरले मनाऔं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । होली पर्वमा उछृङ्खल गतिविधि नहोस् भन्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको व्यवस्थित वीरगंज अभियानका दिलिप राज कार्कीले वताए । रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा वोल्द पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नागरिकले कर्तव्य र जिम्मेवारी बोध गर्दा समस्या नआउने बताए । ‘संविधानमै नागरिकका कर्तव्यहरु उल्लेख गरिएका छन, एक अर्काको हकलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘होलीमा कुनैपनि गतिविधिले साथीभाई, सामाजिक मूल्य मान्यतामा असर नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले होली पर्वलाई सभ्य र मर्यादित तरिकाले मनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, व्यवस्थित वीरगञ्ज अभियानका लगायतले होलीको सुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:3.575 sec. Memory consumption:81.51 mb