पर्सा, २३ फागुन ।
अखिल नेपाल पिछडावर्ग (ओ.वि.सी.) महासंघ जिल्ला कमिटी, पर्साको बैठक सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले फागुन २५ गते रौतहटमा हुने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम सफल बनाउन निर्णय गरेको छ ।
बैठकले पर्साबाट बढी भन्दा बढी कार्यक्रममा सहभागिता गराउन पनि निर्णय गरेको छ ।
बैठकमा नगर अध्यक्ष रोशन सरर्फा, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, प्रवक्ता राजकुमार कानु, क्षेत्रिय अध्यक्ष सुभनारायण ठाकुर लगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस