वीरगंज, ८ माघ ।
पर्सागढी नगरपालिका–४ बकनेरवा, मुसहरबस्तीका आठजना गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा सिन्धुलीमा पक्राउ परेको समाचार छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले हिजो राति सूचनाको आधारमा हरिहरपुर गापाको क्यानेश्वरबाट पक्राउ गरेको बताएको छ ।
स्थानीय अमृत तामाड्ढो घरमा काटेर राखेको गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा पर्सागढी नगरपालिका–४ बस्ने ४५ वर्षका जगदेवमाझी मुसहर, ४६ वर्षका बागरमाझी मुसहर, ४५ वर्षका डोंगा माझी मुसहर, ३५ वर्षीया लालमतीमाझी मुसहर, ४० वर्षिया भगवतीमाझी मुसहर, ३७ वर्षीया रोहनीमाझी मुसहर, ३६ वर्षीया तैइतीमाझी मुसहर र ३३ वर्षीया कुसुनीमाझी मुसहरलाई पक्राउ गरेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।
प्रउ सिंहका अनुसार सो स्थानबाट काटिएको करिब ५ ट्रक गाँजा र ५ किलो प्रशोधन गरिएको गाँजा बरामद भएको छ। सिन्धुलीमा मुसहर परिवारका पाँच महिला र तीनजना पुरुष पक्राउ परेको समाचारले बस्तीमा रुवावासी शुरू भएको छ। पक्राउ परेका आठजनालाई पहाडी समुदायका व्यक्तिले टोलमा आएर खेतीपातीको काम गराउने भनेर २० दिन अघि लगेका थिए ।
होलीमा घर पठाइदिने भनेर लगेको र एक्कासि गाँजा मुद्दामा पक्राउ परेको सुनेको पक्राउ परेका जगदेवमाझी मुसहरकी छोरी अञ्जलीकुमारीले बताइन् । अभिभावकहरू पक्राउ परेपछि मुसहर बस्तीमा उनीहरूका छोराछोरीहरूको बेहाल छ। पक्राउ परेका छजना पतिपत्नी हुन् । सभार : प्रतिक