26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

आडेश्वरलाई सहयोग गर्न मनोरञ्जनात्मक कार्यक्रम

काठमाडौं : सुख सन्देश काठमाण्डौको आयोजनामा हेल्पिङ ह्यान्डस् चिल्ड्रेन्स होम, आडेश्वरलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । गोगंबुको ग्रुग रेस्ट्रो, बार एण्ड लंजमा भएको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको प्रभाकर साहले बताए ।कार्यक्रममा आशिष गैरे, मोहित जोशी, विष्णु पाठक, आकार जोशी, याङ्जि लामा शेर्पा, सफल क्षेत्री, स्वस्तिक चन्द्र श्रेष्ठ र द अफनोट्स बान्डले प्रस्तुति दिएका थिए । सुख सन्देशकी अध्यक्षले समेत आफ्नो प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमबाट उठेको रकम अनाथालयको शिक्षा र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्था सुख सन्देशकी अध्यक्ष सरिना महर्जनले जानकारी गराइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:4.411 sec. Memory consumption:81.82 mb