24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम सम्पन्न

sanskritik karyakarm-kalikatimes

वीरगंज, २५ माघ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवनमा सांस्कृतिक तथा नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । वालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका छात्र/छात्राहरुले गित, नृत्य तथा चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।

श्री ने.रा.मा.वि. महुवनमा भएको कार्यक्रममा विद्यार्थीहरुले समाजमा विद्यमान रहेको सामाजिक कुरीती वालविवाह तथा दाईजोप्रथा सम्बन्धि नाटक प्रस्तुत गर्दै वालविवाह गर्नु हुन्न र दाइजो लिनु हुन्न भने संदेश दिएका थिए । सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा कार्यक्रम भएको थियो ।

आयोजक संस्थाका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिकालाई वालविवाह तथा दाइजोमुक्त वनाउनु पर्नेमा जोड दिए । वालविवाह तथा दाइजोप्रथाले हाम्रो समाज पछाडी परेको वताउदै उनले यसको अन्त्य भए मात्र हामी अगाडी बढन सक्ने धारणा राखे ।

natak-kalikatimesवालवालिकाहरुको पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडा अध्यक्ष लालबाबु यादव, जमोदिन मियाँ, सलिम मियाँ, रामबालक राम, विश्वनाथ पटवारी, दलित अधारभुत विद्यालय महुवनका प्रअ जदु साह लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत भाषण श्री ने.रा.मा.वि. महुवनका प्रअ रामदेव प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा गायक अजमत अलीको पनि प्रस्तुती रहेको थियो भने कार्यक्रमका सहभागिहरुलाई प्रमाण पत्र र पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा श्री दिनारायण आदर्श मा.वि औंराहा पाचगावा, श्री ने.रा.मा.वि सियरही सथवल, श्री ने.रा.मा.वि. देउरवाना र श्री ने.रा.मा.वि महुवनका छात्र/छात्राहरुले प्रस्तुती राखेका थिए ।

यस अघि वालविवाह तथा विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत नै वक्तृत्वकला प्रतियोगिता भएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १, सियरही सथवलमा भएको कार्यक्र गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयका छात्र/छात्राहरुले भाग लिएका थिए ।

baktritawakala-kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.210 sec. Memory consumption:81.47 mb