24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

अझै बनेन जनता आवास : ३ बर्षमा ३ हजार मध्ये ८९ घर मात्र निर्माण

वीरगंज । प्रदेश–२ को पर्सा, बारा र रौतहटमा अझै पनि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने घरहरू अझै बन्न सकेको छैन । कार्यक्रमअन्तर्गत तीनवटै जिल्लामा निर्माण गर्नु पर्ने ३ हजार घर मध्ये ८९ वटा मात्र घर निर्माण भएको छ ।

शहरी विकास तथा भवन कार्यालय, वीरगंजले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा सवैभन्दा बढी ६५ वटा, बारामा सवैभन्दा कम ९ वटा र रौतहटमा १५ वटा घर निर्माण भएका छन । आर्थिक बर्ष २०७३-०७४ को जनता आवास कार्यक्रम अन्तर्गत तिनवटै जिल्लामा एक-एक हजार घर निर्माण गर्नु पर्ने छ । गरिब, दलित र विपन्न परिवारको लागि निर्माण गर्नु पर्ने घरहरू ३ बर्षमा पनि निर्माण हुन नसकेको हो ।

वीरगंज महानगरपालिका–१९, विन्वासिनी रामटोलका हरिकिशुन महराको घर निर्माण कार्य सम्पन्न नहुँदा त्रिपाल टाँगेर बस्नु परेको छ । महराका अनुसार गत बर्षको कात्तिक महिना बस्दै गरेको घर भत्काईयो सरकारले घर बनाइदिने आसमा, तर हालसम्म नबन्दा कठिनाई भएको छ । महराले दुई कोठाको घर बनाउन आफुले कमाएको एक लाख पनि खर्च गसिकेका छन् । त्उत गर्दा पनि निर्माण कार्य सम्पन्न नहुदा बस्न कठिनाई भएको बताउँछन ।

घरको निर्माणको लागि भवन कार्यालयले चौथो किस्ता उपलब्ध नगराएका कारण अन्तिम चरणमा रहेको घरको छानो राख्न नसकिएको उनि बताउँछन । घर निर्माणको सुरुमा त पहिला भवन कार्यालयले नै सब समान किनेर दिन्थ्यो । तर इन्टा दुई नम्बर पठाए पछि हामीले विरोध गरेका थिए । त्यस पछि घर निर्माणको लागि किस्ता अनुसारको रकम खातामा पठाएको उनले वताए ।

यस्तै अर्का पडोसी माया देवीको पनि जनता आवस कार्यक्रम अन्तर्गत बन्नु पर्ने घर हाल सम्म बन्न सकेको छैन । घर निर्माण कार्य छानो हाल्नसम्म पुगे पनि चौथो किस्ता निकासा नहुदा सम्पन्न हुन नसकेको उनी बताइन । उनका परिवारमा ३ जना छोरा-छोरी सहित ७ जना छन । सबै जना एउटा सानो छाप्रो मुनि बस्छन । उनले पनि घर निर्माणको लागि गत बर्ष नै घर भत्काएको बताइन । घर निर्माण नहुदा एउटा छाप्रो मुनि खाना पकाउन देखि लिएर खाने, बस्नेसम्मको बाध्यता छ ।

यस्तै अर्का छिमेकी उमरावती देवीले पनि घर निर्माण कार्य सम्पन्न नभएको वताउँछिन । सरकारले घर पक्की घर बनाइदिने लोभमा घर त भत्काइयो तर चाँडै नबन्दा बस्न, खान समस्या भएको वताइन । हाल घर नभएका कारण खुल्ला अकाश मुनि खाना बनाउने गरेकी उनी बर्षाको समयमा खाना पकाउन पनि समस्या हुने गरेको वताउछिन् ।

संघ सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत २०७३ सालमा कार्यक्रम संचालन गरिए पनि हाल प्रदेश सरकारको भौतिक पूर्वधार विकास मनत्रालय अन्तर्गत शहरी विकास तथा भवन कार्यालयलाई राखिएको छ । संघबाट प्रदेश सरकारलाई कार्यालय हस्तान्तरण गरेका कारण पनि कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको भवन कार्यालय, वीरगंजका प्रमुख सरोज कुमार गोइतले वताए ।

गोइतसंग जनता अवास कार्यक्रमको प्रगतिको बारे बुझ्दा आव २०७४-०७५ को असार मसान्तसम्म भए गरेको प्रगति नै हालसम्म रहेको वताए । समयमै किस्ता निकासा नभएका कारण पनि निर्माण कार्यमा ढिलाई त भएको होइन नि भनेर सोध्दा उनले भने ‘संघबाट प्रदेशलाई कार्यालय हस्तान्तरण गर्न समय लागेका कारण भएको हुन सक्छ ।’ नयाँ कार्यालय प्रदेश अन्तर्गत कात्तिक १५ गते देखी मात्र राखिएको र कर्मचारी अभाव, नयाँ कार्य नितिका कारण पनि ढिलाई भएको उनले वताए ।

जनता आवास कार्यक्रम अन्तर्गत सरकारले एक जनाको घर निर्माणको लागि ४ किस्तामा २ लाख १४ हजार ७ सय उपलब्ध गराउने गरेको छ । कुल रकमको पहिलो किस्ता २५ प्रतिशत घरको जग्ग खनि सके पछि, दोस्रो किस्ता ३० प्रतिशत कुर्सीको बनाउने समयमा त्यसपछि तेस्रो किस्ता ३५ प्रतिशत र अन्तिम चौथो किस्ता १० प्रतिश उपलब्ध गराउने व्यवस्था छ ।

कही कही १० देखि १५ जनाको समुह बनाएर समुह मार्फत पनि काम हुने गरेको छ भने कही कसैले व्यक्तिगतरूपमा भवन कार्यालयसंग सिधै समझौता गरी कार्यक्रम संचालन गरेको इन्जिनियर संजिव साहले वताए । आव २०७५÷०७६ को असार मसान्तसम्म निर्माण गर्नु पर्ने सम्पूर्ण घरहरूको निर्माण कार्य सम्पन्न हुने पनि उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:219. Generation time:4.273 sec. Memory consumption:81.76 mb