वीरगंज, १४ माघ ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत सोमबार पर्साका ४ वटा विद्यालयहरुको अनुगमन गरिएको छ । जिल्ला स्तरिय अनुगमन टोलीले श्री रामस्वरुप रामपृत चौरसिया मा.वि. झौवागुठी, श्री ने.रा. अधारभुत विद्यालय धोरे, श्री रामचरित्र भगत मा.वि. पकहा मैनपुुर, श्री संसारीमाई अधारभुत विद्यालय सुर्जाहाको अनुगमन गरेको हो ।
प्रारम्भीक कक्षा पढाई कार्यक्रम, पर्साका जिम्मेवार व्यक्ति हरि राउत कुर्मी नेतृत्वको जिल्ला स्तरिय अनुगमन टोली विद्यालयहरुमा पुगी स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले नेपाली पढन विद्यार्थीहरु कमजोर भएको विद्यालयहरुलाई सुधार गर्न र विद्यालय व्यवस्थापन समिति नरहेका विद्यालयहरु गठन गर्न निर्देशन समेत दिएको छ ।
अनुगमन टोलीमा गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका लगायतकाको पनि सहभागिता रहेको थियो ।