24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेवि संघ पर्साद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन, प्रहरी हस्तक्षेप गर्दा झडप

वीरगंज, १४ माघ ।
नेवि संघ, पर्साले प्रहरी हस्तक्षेपका वाहजुद पनि सोमबार वीरगंजमा प्रधानमन्त्री के.पी. ओलीको पुतला दहन गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट निस्केको नेवि संघको सरकार विरुद्धको विरोध जुलुश प्रहरी हस्तक्षेपका वाहजुद पनि आदर्शनगर चौकमा पुगी प्रधानमन्त्री ओलीको पुतला दहन गर्न सफल भयो ।

के.पी. ओली मुर्दाबाद, माफिया सरकार मुर्दाबाद, निकम्मा सरकार मुर्दाबाद, केपी ओली तेरो पाराले दुख पायो साराले लगायको नारा लगाउदै क्याम्पसबाट निस्केको नेवि संघको बिरोध जुलुशमा प्रहरीले बारम्बार हस्तक्षेप गरेको थियो । वाक्लो संख्यामा रहेको प्रहरीले बिरोध जुलुशमा हस्क्षेप गर्दा विद्यार्थी र प्रहरी विच झडप समेत भएको थियो ।

सरकारले बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक, बढदै गएको भ्रष्टचार, बलात्कारको घटना, शुन काण्डको विरोधमा विरोध जुलुश प्रर्दशन गरिएको नेवि संघ, पर्साका अध्यक्ष विश्वास द्विवेदीले वताए । नेवि संघको पूर्व घोषित भएको विरोधको कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रिनाथ तिवारी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.549 sec. Memory consumption:81.48 mb