22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत वीरगंजमा प्रथम सरसफाई जागरण महाअभियान

mukhayamantri-kaliakatimes

वीरगंज, १२ माघ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत वीरगंजमा प्रथम सरसफाई जागरण महाअभियान हुने भएको छ । माघ १४ गते वीरगंजमा हुने सरसफाई जागरण महाअभियान बारे शुक्रबार छलफल समेत गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियान मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा वीरगंजमा भएको छलफल कार्यक्रमका सहभागिहरुले सरसफाईको निति, नियममा कडाई गर्नु पर्ने वताए ।

सरसफाईको महत्व महसुस नभए सम्म वीरगंजको सरसफाई अवस्था नसुधिरिने वताउदै सहभागिहरुले महसुस गराउन पनि जरुरी रहेको धारणा रोखेका थिए । वीरगंज बजार क्षेत्रमा महानगरपालिकाको समन्वयमा ठाउँ ठाउँमा फोहर राख्ने भाँडो समेत राख्नु पर्ने वताएका थिए । कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउ मुख्य मन्त्री स्वच्छता अभियान संचालन गर्न लागिएको वताए । माघ १४ गत वीरगंजबाट अभियानको सुभारम्भ मुख्य मन्त्रीले गर्ने समेत उनले जानकारी गए ।

मुख्य मन्त्री लालबाबु राउतको उपस्थितीमा वीरगंजको घण्टाघरबाट सरसफाई सम्बन्धी चेतनामुलक र्यालीको आयोजना गरिने र नारायणी उपक्षेत्रिय अस्पतालमा पुगी सरसफाई गरिदै नागवा पोखरिमा पुगी सभाबाट अभियानको सुभारम्भ गरिने संयोजक अहमदले जानकारी गराए । त्यो दिनको अभियानमा सहभागि हुने घरघरमा निमन्त्रणा कार्ड पुर्याउन लागिएको संयोजक अहमदको भनाई थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, गैसस महासंघ नेपाल, पर्साका कोषाध्यक्ष मनोज यादव लगायत २ दर्जन जति क्रियाशिल गैरसकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेडक्रस पर्सा शाखाको भवनमा भएको कार्यक्रमको सहजिकरण उमेश मिश्रा र राजन श्रीवास्तवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.093 sec. Memory consumption:81.5 mb