वीरगन्ज, १२ माघ ।
कृषि तथा पशुपँक्षी मन्त्री चक्रमणी खनाल (वलदेव) ले कृषिलाई मर्यादित पेशाको रुपमा नबुझेको कारण युवाहरु विदेशिएको वताएका छ्न । कृषिको आधुनीकरण तीनै तहको सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले त्यसको परिणाम हाम्रो मुलुकका युवाहरु विदेश पलायन भइरहेको उनले वताए ।
त्यसमा पनि २२ देखि २८ लाख युवाहरु वैदेशिक रोजगारमा रहेको बताउँदै खनालले त्यो पनि २२ देखि ३५ वर्ष उमेर समूहका युवाहरु खाडी मुलुमा रहेको बताए । नेपालको समृद्धिको लागि कृषिको विकल्प नरहेको भन्दै त्यसका लागि आधुनिकीकरण भित्र्याउनुपर्ने वताए ।
कर्मचारीलाई जागिर खाने सिवाय केही नसोचेको आरोप लगाउँदै जनताले पनि खबरदारी गर्नुपर्ने बताए । जनताहरुले खबरदारी नगरेसम्म सरकारले पनि राम्रो काम नगर्ने र कृषकको दुःख नबुझ्ने मन्त्री खनालको भनाई थियो । कृषि विज्ञहरु किसानसँग हुनुपर्ने तब मात्र उत्पादनमा वृद्धि हुने उनको धारणा थियो । उनका अनुसार धान बालीलाई बार्षिक दुई पटक उत्पादन गर्नुपर्ने, त्यसको लागि केन्द्र सरकारले मल, वीउ र सिचाईको प्रवन्ध मिलाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले कृषि आधुनिकीकरणको लागि तीनै तहको सरकरको समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । नेपालमा ६६ प्रतिशत र प्रदेश नं. २ मा ८५ प्रतिशत कृषि पेशामै निर्भर रहेता पनि सरकारले आधुनिकीकरण भित्र्याउन नसकेको मन्त्री खनालले स्वीकार गरेका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई नै प्राथमिक्ता दिएको बताए । कृषिमा सुधार नभएसम्म प्रदेश नं. २ को विकास नहुने भन्दै मन्त्री साहले दिन प्रतिदिनि कृषिकलाई दुरदसा भइरहेको बताए ।
जल, जमिन र जलशक्ति एकिकृत गर्न सकियो भने प्रदेश समृद्ध हुन सक्ने मन्त्री साहको भनाई थियो । तिनै सरकारको समन्वयमा प्रदेश सरकार आत्मनिर्भर हुने उनको धारणा थियो । अरु प्रदेश भन्दा २ नम्बर प्रदेशमा कृषिको प्रचुर सम्भावना रहेपनि हामी गर्न नसकेको स्वीकार्दै तीन तहले मिलेर गर्नुपर्ने बताए । प्रदेश नं. २ समृद्ध भएमात्र नेपाल समृद्ध हुने उनको भनाई थियो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपरमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साह, प्रदेश नं. २ का अर्थराज्यमन्त्री उषा यादव, प्रदेश साँसद ज्वाला साह, राजेश्वर साह, कृषि विज्ञ रामअश्रे साह, खडकभक्त पौडेल, कैलाश प्रसाद भुजेल लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बारा, पर्सा, रौतहटका प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।