31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एसोसिएसनद्धारा आमाको छात्रावास आश्रमलाई स्टेशनरी सहयोग

aamako asram-kalikatimes

दिपेन्द्र यादव/वीरगञ्ज, ०८ माघ ।

नेशनल युथ एसोसिएसन पर्साले सोमबार आमाको छात्रावास आश्रम वीरगंजलाई स्टेशनरी सामान सहयोग गरेको छ । आमाको छात्रावास अनाथालयमा बसोबास गरिरहेका करिब २५ जना बालबालिकालाई स्टेशनरी सामान सहयोग गरिएको युथ एसोसिएसन पर्साका उपाध्यक्ष नितेश वर्णवालले बताए ।

उनका अनुसार आमाबुबा विहिन भएका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यले आवश्यक सामग्री सहयोग गरिएको हो । नेशनल युथ एसोसिएसन पर्साका अध्यक्ष अनमोल भट्टाचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान्त थापा, युथ एसोसिएसन उपाध्यक्ष नितेश वर्णवाल, उज्जवल बाँनिया, सन्दिप महतो, सुशिला पौडेल, गरिमा पाण्डे, सन्तोष नेपाल, अमरदिप विश्वकर्मा, सागर पोखरेल लगायतकाको उपस्थिती रहेको थियो ।

आस्था नेपाल पुर्नस्थापना केन्द्रको संयुक्त प्रयासमा गरिएको सहयोय कार्यक्रमको सञ्चालन गौरव वर्माले गरेका थिए । आगामी दिन समाजलाई फाईदा पुग्ने काममा आफु र आफ्नो संस्था निरन्तर अग्रसर रहने युथ एसोसिएसन पर्साका उपाध्यक्ष वर्णवालको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.419 sec. Memory consumption:81.5 mb