26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा आत्मरक्षाकाे लागि सीप सिख्दै किशोरीहरु

महिला आत्मरक्षा र आत्म विश्वास बढाउन मिशन सहासी अभिया /
वीरगंज, ६ माघ ।
विद्याथीहरुको हितको लागी मिसन सहासी अभियान शुरु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा आइतवार मिशन साहासी अभियान शुरु भएको हो । वीपरगंज स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अभियानको उद्घाटन गर्दै शुरुवात गरिएको हो ।
देशमा भइरहेको विकृती तथा महिला हिंसा बढदै गएको कारण, महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन सहासी अभियान शुरु गरिएको हो ।
आयोजित कार्यक्रमको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, ट्राफिक प्रहरी उपरीक्षक किरण बज्राचार्य प्राध्यापक डा दिपक शाक्य लगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएको बताएका थिए ।
कार्यक्रम संयोजक डा सुस्मा तिवारीले समाजमा विद्यमान महिला हिंसा न्युनिकरण गर्नका लागी आत्म विश्वास बढाउने उद्देश्यले अभियान शुरु गरिएको जानकारी दिईन ।
अभियानमा सहभागी युवतीहरुलाई आफु प्रति सेल्फ डिफेन्स टेकनिकहरु सिकाउनुको साथै आत्म विश्वासी बढाउन प्रेरित गर्नेगरी कराँतेका प्रशिक्षकहरु बाट हासिल गर्ने अभियान संयोजन समितिका केन्द्रिय सदस्य लक्ष्मी कर्णले बताईन । आइतबार ६ गते देखि शुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम माघ १२ गते सम्म चल्ने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.761 sec. Memory consumption:81.45 mb