वीरगन्ज,५ माघ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, छपकैयामा नि:शुुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । अवधनारायण उमादेवी मेमोरीयल फाउण्डेशनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा १ सय ७७ जना महिला र १ सय २६ जना पुरुष गरी ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।
स्वास्थ्य शिविरमा सर्जन डा.केपी जैसवाल, फिजिसियनडा.दिपक कुशवाहा, डा.श्यामबाबु कुशवाहा, बालरोग बिशेषज्ञ, मेडिकल अफिसर शौरभ कर्ण लगायतका चिकित्सकको टोली स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य शिविरमा अवधनारायण उमादेवी मेमोरीयल फाउण्डेशनका अध्यक्ष मदन मोहन दास, नेकपाका सांसद पुष्पा कर्ण, उद्योगी गणेश लाठ, संस्था सचिव प्रभु नारायण कर्ण, वृजेश मल्लीक लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस