वीरगंज, १ माघ/
प्रदेश २ सरकारले सार्वजनिक सडक विधेयक ल्याउन लागेकोमा सोको तयारी मस्यौदाबारे सोमवार वीरगंजमा छलफल तथा सुझाव सङ्कलन भयो ।
होटल भिस्वामा आयोजित कार्यक्रममा सरोकारवालाहरूसँग प्रदेश २ का भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरेको हो । प्रदेशको सडकहरूको वर्गीकरण गरी निर्माण, मरम्मत सम्भार, विस्तार एवं सुधार गर्न आवश्यक जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विषयमा छलफल भएको थियो ।
प्रदेशको सडकलाई अन्तर्राष्ट्रिय मादण्ड अनुरूप समय सुहाउँदो र गुणस्तरयुक्त बनाउने, निर्माण र
मरम्मत सम्भार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने, सार्वजनिक सडकबाट लाभान्वित हुने सडक छेउका जग्गावालाहरूबाट विकास कर असुल गर्नेलगायत महल राखेर प्रदेश सरकारले कानून बनाउन थालेको भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटबाट पनि अनलाइन सुझाव सङ्कलनको व्यवस्था गरिएको छ ।
कार्यक्रममा भौतिक राज्यमन्त्री डिम्पल झा, नेपाली कांग्रेस प्रदेश नं. २ का सचेतक उपेन्द्र कुशवाहा, राजपाका सचेतक परमेश्वर साह, फोरमका सचेतक शैलेन्द्र यादव, प्रदेश सांसद बाबूलाल साह, डा. अञ्जु यादव, वीरगंजका मेयर विजय सरावगी, जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, नीति आयोगका सदस्य राजकुमार लेखी, बारा पर्साका पूर्वाधार विकास कर्याालयका प्रमुख इन्जिनीयर सञ्जय साहलगायतको सहभागिता थियो ।
कार्यक्रम मन्त्रालयका सचिव पुष्कार घिमिरेको अध्यक्षतामा भएको थियो ।
प्रादेशिक सार्वजनिक सडक विधेयक मस्यौदा बारे वीरगंजमा सुझाव सङ्कलन
प्रतिक्रिया लेख्नुहोस