24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

द हेल्पेजद्वारा मानव सेवा आश्रमलाई सहयोग

वीरगंज, २३ पुस ।
मानव सेवा आश्रम वीरगंजलाई द हेल्पेज नेपालले सहयोग गरेको छ । हेल्पेजले आश्रममा सोमबार रातिको खानाको प्रबन्ध गरि सहयोग गरेको हो । हेल्पेजका पदाधिकारी तथा सदस्यहरुले आफैबाट संकलन गरेको रकमबाट आश्रममा रातीको खाना खुवाई सयोग गरेको आश्रमका संयोजक दिवेश गुप्ताले वताए ।

आश्रममा भएको भोजन कार्यक्रममा बोल्दै संयोजक गुप्ताले हल्पेज जस्तै सहयोगी हातहरुबाट आश्रम चलिरहेको वताए । आश्रममा तलबमा कुन‌ै ब्यक्ति काम नगरेको बताउदै सबै जना स्वयं सेवक रुपमा काम गरेको वताए । आश्रममा एक जना महिलाले जनमाएकी बच्चालाई राज्य घरायनमा हुने सेवा जस्तो सेवा गरिएको गुप्ताले दाबी समेत गरे ।

हल्पेज नेपालका उपाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सल्लाहकार रतेन्द्र दास, ईशक कुमार, मेराजुल हवारी, सह सचिव बिन्दु यादव, कोषाध्यक्ष प्रदिप पटेल, सदस्य अनिल साह, प्रबिन पटेल, प्रोसोतम साह, छोटेलाल साह लगायतकाको सहभागिता रहेको थियो ।

आश्रममा रहेका २८ जनालाई संस्थाले रातिको खाना खुवाई सहयो गरेको हल्पेजका सचीव दयान्नद साहले जानकारी गराए । पछि फेरि यस्तै सहयोग गरिने सचिव साहको भनाई थियो । संस्थाले मानव सेवा आश्रमबाट आफ्नो समाजिक कार्यको सुरुवात गरेको हेल्पेजका अध्यक्ष अनिल यादवले वताए । दुई दुन पहिला मात्र हेल्पेज संस्थाको उद्घाटन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:219. Generation time:4.752 sec. Memory consumption:81.8 mb