29.8 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउन सोचे जस्तो सजिलो छैन : अध्यक्ष कलवार

www.youtube.com/watch?v=R0lG7H3LpUI&t=6s

वीरगंजमा दोश्रो विशाल गोल्ड कप फुटबल प्रतियोगीताको यही पुस २८ गते देखी हुन गइरहेको छ । वीरगञ्जको नारायणी रंगशालामा हुन गईरहेको दोश्रो विशाल गोल्डकप फुटबल प्रतियोगीताको तयारी तिव्र रुपमा भईरहेको छ । राष्ट्रिय स्तरको फुटबल प्रतियोगीता वीरगञ्जमा हुदाँ वीरगञ्जबासी पनि उत्साहित भएका छन । फुटबल प्रतियोगीताको तयारी के कति भईरहेको छ त भन्ने बिषयमा केन्द्रित रहेर कालिका टाइम्स सम्वादमा विशाल मेमोरीयल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवार संग सहकर्मी तिवारी यादवले कुराकानी गर्नु भएको छ ।

–वीरगंजमा दोश्रो विशाल गोल्डकपको तयारी भईरहँदा अनिल जी आजकल कतिको व्यस्त हुनहुन्छ ?
राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हामीले आयोजना गर्दै छौं । त्यो पनि एक सत्ता नजिक आइसकेकोले प्रतियोगिताको लागि नै व्यस्त रहेका छौं । फाउन्डेसनका सबै साथीहरु कार्य विभाजन गरी तयारीमा लागेका छौं ।

–गोल्डकपमा कति वटा टिमको सहभागीता रहने छ ?
भारत र नेपालका ८ वटा टिमको सहभागिता रहने छ । जसमा भारतो कलकता, सिलिगुडी र नेपालका ६ वटा टिमको सहभागिता रहेको छ ।
–गोल्डकपमा कतिको लगानी हुन्छ , अनि तपाईहरु कहाँ बाट यसको व्यवस्थापन गर्नुहुन्छ ?
गोल्ड कपमा ५३ लाख जतिको लगानी रहेको छ । आयोजक सदस्यहरु हामीहरु आफै केही लगानी गरेका छौं भने अरु वीरगंज वासी संग सहयोग लिएका छौं ।

–आर्थिक नगरी वीरगञ्जमा फुटबल प्रतियोगीता गराउन सहयोग त भईराख्या होला नी ?
वीरगंजका राजनितिक दल, उधोगि व्यवसायी, जनप्रतिनिधि, खेलाडी लगायतकाले सहयोग गरिरहेका छन ।

–प्रदेश २ को एक मात्र महानगर वीरगञ्ज कतिको सहयोग गरेको छ ?
वीरगंज महानगरपालिकाकाले प्रतियोगिताको लागि २५ हजार सहयोग गरेको छ । सिमरामा प्रतियोगिता हुदा जितपुर सिमरा उप महानगरपालिकाले ७ लाख सहयोग गरेका थिए तर हामी वीरगंजका मेयर साहेब संग सम्पर्क गर्दा मात्र २५ हजार सहयोग गर्नु भएको छ ।

–देशलाई चलाउन सक्ने क्षमता राखेको वीरगञ्ज फुटबल प्रतियोगीता प्रति कतिको माया गर्नेछन ?
वीरगंज बासी कै सहयोगले प्रतियोगिता भइरहेको छ । साथै सधैको लागि सहयोगका अपेक्षा राखेका छौं ।

–नारायणी रंगशालामा दर्शकहरुलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
रंगशालाको उत्तर र दक्षिणको प्याराफिट जिर्ण अवस्थामा रहेकोले उत्तर र दक्षिण दर्शकलाई बसाउने व्यवस्था गरेका छौं । जिर्ण रहेको प्याराफिट तिर बांसले घेराउ गरेका छौं ।

–दर्शकहरुको उत्साह कतिको छ ?
वीरगंज वासीमा धेरै उत्साह छ । हामीलाई गाउँ गाउँबाट फोन आइरहेकोले उत्साह रहेको पाएका छौं ।
–गत बर्ष प्रबेश शुल्क कति थियो र यसपालि कति हुनेछ ?

गत बर्ष पनि रु ५० र रु १०० थियो र यस बर्ष पनि त्यतीकै राखेका छौं ।
–नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन कुरा चलि रहदा तपाई यस बिषयमा के भन्नु हुन्छ ?
देश कै दोस्रो ठूलो रंगशला नारायणी रंगशाला हो । यो रंगशाला नै प्रादेशिक रंगशाला हुनु पर्छ । प्रादेशिक रंगशला बनाउन हामीले पनि सहयोग गर्ने छौं र गरेका पनि छौं ।

–प्रतियोगितामा पुरस्कार राशी के कस्तो रहेको छ ?
प्रतियोगिताको प्रथम विजेतालाई रु ५ लाख, दोस्रो हुनेलाई रु २ लाख ७७ हजार पुरस्कार रासी राखेका छौं भने मैन अफ द म्याच हुनेलाई रु ५ हजार देखी रु १० हजार सम्म पुरस्कार राखेका छौं ।

अन्तरवार्ताको पुरा भिडियो तल हेर्न सक्नु हुन्छ ।

 

[embedyt]www.youtube.com/watch?v=R0lG7H3LpUI[/embedyt]

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:217. Generation time:8.051 sec. Memory consumption:82.51 mb