वीरगंज, १९ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ३, बिजवनियामा बिहिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री रामजानकी स्कूलमा भएको शिविरमा ३ सय ५५ जनाको आँखा परिक्षण गरिएको आयोजक संस्था दाइजो एंव समाजिक कुरिति बिरुद्धको जागरण मंच, पर्साका अध्यक्ष बृजेशवर प्रसाद चौधरीले वताए ।
जस मध्ये ६२ जनामा मोतियाबिंद फेला परेको चौधरीले जानकारी गराए । दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा दाइजो एंव समाजिक कुरिति बिरुद्धको जागरण मंचले शिविरको आयोजना गरेको थियो । वडाध्यक्ष रामनगिना यादवको अध्यक्षतामा भएको शिविरको उदघाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ आफ्नो आँखा परिक्षण गराएर गरेका थिए ।
शिविरको उदघाटन समाहरोहमा सहरुम राउत गद्दी, कृष्ण मोहन प्रसाद यादव, महम्मद सामी आन्सारी, रामशकिल प्रसाद साह, अजय यादव, सालिम राउत, सिंहासन यादव, राजु चौधरी लगायतकाको सहभागिता रहेको थियो । डा. अरविन्द गुप्ता नेतृत्वको चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए भने ८५ जनालाई निःशुल्क ड्रप समेत वितरण गरिएको अध्यक्ष चौधरीले वताए ।