24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दलित विद्यार्थी सहित अभिभावकहरुलाई न्यानो कपडा

पर्सा, १८ पुस ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा न.-३ सोलकपुरमा रहेको दलित मुक्ति प्राथमिक विधालयमा जाडोको लागि न्यानो लुगा वितरण गरिएको छ । दलित अधिकार समाज, पर्सा, नेपालको आयोजना र बाल हित सेवा समाज काठमाडौको सहयोगमा दलित बालबालिकालाई स्विटर, टाउजर, टोपी जस्ता लुगा वितरण गरिको दलित समाजिक अभियान्ता शिक्षक मनोज रामले वताए ।

दलित बालबालिकाको शिक्षामा पहुँच अभियान अन्तर्गत न्यानो कपडा वितरण गरिएको रामले जानकारी गराए । विद्यालयको बाल बिकास केन्द्र , कक्षा १,२,३,४,५ का ९९ दलित विद्यार्थी र तिनीहरुको अभिभावकहरुलाई न्यानो कपडा वितरण गरिएको उनले जानकारी गराए । दलित बालबालिकाको शिक्षामा पहुँच हुनको लागि सहयोग , दान मागेर पनि पर्सा जिल्लाभरको दलित बालबालिकाहरुलाई सहयोग गरिने रामले वताए ।

दलित समुदायको मुक्तिको लागि दलितको शिक्षामा पहुँच हुनु पर्ने सहयोगी दाता बिपि खनालले बताए । विद्यालयका प्र.अ. राधेश्याम रामले सहयोगि दातालाई धन्यवाद दिनुको साथै आगामी दिनमा यो विद्यालयको सुधार र दलितको शिक्षामा पहुँचको लागि सहयोग गर्न अनुरोध गरे।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.706 sec. Memory consumption:81.47 mb