24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेबि संघ पर्साको बैठकमा खुकुरी प्रहार, एक घाइते

 वीरगन्ज,११ पुस ।
नेपाल विद्यार्थी संघ पर्साको बैठकमा बुधबार खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । वीरगंज, श्रीपुर स्थित रहेको नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको नेबि संघको बैठकमा विद्यार्थी नेताहरु विच भएको भनाभनको क्रममा एकासी खुकुरी प्रहार भएको हो ।

पर्साको सबै स्थानीय तहका प्रतिनिधि खटाउने विषयमा छ्लफल हुने क्रममा विवाद भएको थियो । बैठकमा नेबिसंघका कार्यकर्ता रोसन सिंह भनिने मुन्ना पटेलले खुकुरी प्रहार गर्दा ठाकुर राम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएको छन् ।

घाइते अन्सारी समान्य उपचार पछी घर फर्केको परिवारजनले जनाएका छन् । भोलि विहिबार २ बजे खुकुरी प्रहार सम्बन्धमा बैठक बसि छलफल गरेर कानुनी कारवाही गरिने सहमति पछि विवाद सुलझेको थियो ।

बैठकमा नेवि संघ सह महामन्त्री लक्षिम भक्त खनाल ,काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल लगायतकाको उपस्थिति रहेको थियो । जिल्ला सभापतिको विषयमा केही समय पहिला देखि नै नेवि संघमा दुुई गुट भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:219. Generation time:4.582 sec. Memory consumption:81.8 mb