2 April 2025
KALIKATIMES.COM

जिल्ला स्तरिय सहकारी भेला सम्पन्न, आफ्नो विकास आफै गर्नु पर्ने : बराल

वीरगंज, ५ मंसिर ।
जिल्ला स्तरिय सहकारी भेला आज वीरगंजमा सम्पन्न भएको छ । दिगो विकास प्राप्तिको लागि सहकारी, सुखी नेपाली समृद्ध नेपाल नाराका साथ कृषि ज्ञान केन्द्र वीरगंजको सभा कक्षमा आयोजीत भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका स्थाई समिती सदस्य केशव बरालले आफ्नो विकास आफै गर्नु पर्ने वताए । राष्ट्रिय सहकारी संघका नेपालका अध्यक्ष समेत रहेका बरालले जब सम्म अफै बढीदैन तब सम्म विकास नहुने वताए ।

भेलाका प्रमुख अतिथी बरालले सहकारीको काम आर्थिक विकास मात्र नभई समाजिक, सांस्कृतिक र बाताबरणको क्षेत्र पनि रहेको वताए । सहकारी श्रमजीवीको समूह भएको उनको भनाई थियो ।

नेकपा प्रगतिशील सहकारी संजाल प्रदेश नं. २ का अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा भएको भेलाले पर्सा जिल्ला सहकारी अभियान नेपाल कम्युनिस्ट पार्टिको संयोजकमा नरेश जयसवाललाई सर्वसहम्त चयन गरेको छ । भेलाले जयसवाललाई १५ सदस्यीय जिल्ला समिती पनि गठन गर्न जिम्मेवारी दिएको बताइएको छ ।

भेलाका बिशिस्ट अतिथी सांसद शेख चान्द तारा र राष्ट्रिय महासंघ एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल रहेका थिए भने कार्यक्रमको संचालन पनालाल महतो कोइरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.558 sec. Memory consumption:82.41 mb