26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपालबाट भारत लगिरहेकाे भारी परिमाणमा एसएसबी द्वारा गांजा बरामद

राजन बानिया/पोखरिया, २४ कात्तिक ।

पर्साको सिमावर्ति भारतीय गाँउ इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले ईनार्वा देबीस्थानबाट गएराती एक क्वीन्टल ४५ किलो गाँजाबरामद गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौलि गाउँपालिकाको सोनबर्षाबाट २०–२५ जना को संख्यामा रहेको गांजा तस्करहरुको टोलीले टाउकोमा बोकि सेढवा, पर्सवा हुँदै पाण्डेपुर पिपरडारीको बिच बिसनपुर्वा भएर भारतको ईनर्वा र भंगहा थाना क्षेत्र तर्फ लैजादै गरेको अवस्थामा एसएसबीले गुप्त सुचनाको अधारमा गांजा बरामद गरेको हो ।

ईनार्वा एसएसबीका जवानहरुले गांजा तस्करहरुलाई पक्राउ गर्न लुकिछिपि बसेको र सोनवर्षा गाउँबाट गांजा लिएर तस्करको झुन्डले नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा एसएसबी जवानहरुलाई हेरी गांजा तस्करहरुले गांजाको पोका फालेर नेपालतर्फ भागेन सफल भएको एसएसबीका कमाण्डर शैलेस कुमारले वताए । एसएसबी जवानहरुले १८ वटा पोका करिब १४५ किलो ग्राम गांजा बरामद गरेेेको छ।

बरामद गरिएको गांजा ईनार्वा थानालाई बुझाएको एसएसबीका कमाण्डर शैलेस कुमारले जानकारी गराए । बरामद भएको गांजाको अन्तर्राष्ट्रिय मूल्य १ करोड ५० लाख बराबर  रहेकाे एसएसबीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.609 sec. Memory consumption:81.45 mb