26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

‘पर्सवा गोल्डकपकाे फाइनलमा सेढवा पुग्यो

पर्सा, १४ कार्तिक ।
पर्साको जीराभवानीमा जारी छैटौँ पर्सवा गोल्डकपको फाइनलमा युवा प्रगति समाज सङ्घ सेढवा प्रवेश गरेको छ्।उसले आज भएको पहिलो सेमिफाइनलमा देकुली धर्मपुरलाई ट्राइबेकरमा पराजित गर्दै उपाधि भिडन्तका लागि फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो।न्यु पन्चम युवा क्ल्ब देकुलि धर्मपुरका २ खेलाडीले प्रहार गरेको पेनाल्टी सूटलाई सेढवाका गोल रक्षकले रोकेपछि खेल ५/३ गोल अन्तरमा टुङ्गिएको छ ।

यस सँगै गत सस्करणको बिजेता सेढवाको फाइनल यात्रा निश्चित भएको हो । आजको खेलमा सेढवाको जर्सी नं ७ का सुनसान लामिछानेले मैन अफ दि म्याच भए र प्रदेश सभा सदस्य शंकर चौधरीले चेक र ट्रफी बितरण गरे ।

भोलीको दोस्रो सेमिफाइनल खेल बीरगंज यूनाइटेड र गादी माई फोर स्टार युथ क्लव रंगपुरका बीच हुने आयोजक समितिका अध्यक्ष सागर गौरले बताए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:217. Generation time:4.230 sec. Memory consumption:81.54 mb