2 April 2025
KALIKATIMES.COM

कोठामा बोलाएर किशोरीमाथि बलात्कार प्रयास, युवक पक्राउ

काठमाडौं, ८ कात्तिक । किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारिवारिक चिनजानसमेत रहेको किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए ।

तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिएका थिए । त्यसै आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ’ एक प्रहरी अधिकारीले भने । प्रहरीले युवकविरुद्ध करणी उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । onlinekhabar

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.098 sec. Memory consumption:82.44 mb