2 April 2025
KALIKATIMES.COM

पाेखरियामा आयोजित कुश्ती प्रतीयोगिता सम्पन्न

पोखरिया, ५ कात्तिक ।
पर्साकाे पाेखरियामा साेमबार कुश्ती प्रतीयोगिता सम्पन्न भएको छ । नवदुर्गा पूजा समिति पोखरियाद्वारा आयोजित प्रतियोगिता श्री रामदेव कलवार मावि परिसरमा भएको थियाे ।

प्रतियोगिता उद्घाटन प्रदेशसभा सदस्य मंजुर आलम र पोखरिया नगरका मेयर दीपनारायण रौनियारले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा पूर्व सांसद प्रद्युम्न चौहान, रामेश्वर रौनियार, उपमेयर सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत नथु साह, वडा अध्यक्ष लक्ष्मण ठाकुर लगायतको सहभागिता थियो ।

प्रतीयोगिताको फाइनल राउन्डमा भारतको पडौनाका बच्चन पहलवानले बनारसका मन्जित पहलवानलाई पराजित गरेका थिए । विजेता बच्चन पहलवानलाई पोखरियाका नागरिक अगुवा नौशाद आलमले १२ हजार नगद पुरस्कार प्रदान गरिएको स्थानिय दिनानाथ साहले वताए  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.383 sec. Memory consumption:82.44 mb