26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जीराभवानी गाउँपालिकामा छैटौँ परसवा गोल्डकप फूटबल प्रतियोगिता सुरु

पर्सा,  ३ कात्तिक ।

पर्साको जीराभवानी गाउँपालिकाकाे वडा नं. ३ मा आज देखि छैटौँ पर्सवा गोल्डकप प्रतियोगिता सुरु भएको छ ।पर्सवा खेलमैदानमा सुरु भएकाे प्रतियोगिताको प्रदेश न. २ का मुख्यमंत्री लालवावु राउत गद्दीले एक भब्य कार्यक्रमका बीच उद्घघाटन गर्नुभएको छ।

प्रमुख अतिथी मुख्यमंत्री लालवावु राउत गद्दीले केन्द्र सरकारले खेल प्रति खासै महत्त्व नदिएको भन्दै आफ्नो सरकारले परसवामा रंगशाला निर्माण गरेर खेल क्षेत्रको उत्थान गर्ने घोषणा गर्नु भयो । परसवा गोल्ड कपको उद्वघाटन समाहरोलाई संम्वोदन गर्दै अर्का अतिथि विधायक शंकर प्रशाद चौधरीले खेल र यस क्षेत्रको विकास गर्न आफू प्रतिवद्व भएको भन्दै परसवा गोल्ड कपलाई रु १ लाख दिने घोषणा गर्नु भएको थियो ।

पर्सवा गोल्ड कपको संयोजक सागर गौरवको सभापतिमा भएको कार्यक्रममा प्रदेश न २ विधायक सिहासन कलवार, जिराभवानी गा.पा. प्रमुख रामप्रित महत्तो, पूर्व सासंद जयप्रकास थारु, पटेरवा सुगौली गापाको उपप्रमुख ममता देवी चौधरी तथा स्थानीय समाजसेवी, राजनितिक दलका कार्यकर्ताहरु को उपस्थित रहेकाे थियो ।

मुख्यमंत्री गद्दिद्वारा फुटवललाई खुट्टाले हानेर उद्वघाटन गर्नुभएको कार्यक्रममा बाजागाजा झाकी तथा हरियाली महिला समुह माडीले थारु संस्कृति झल्कने लोक नृत्य प्रदर्शन गरि दर्शकमहानुभावलाई मनोरन्जन गराएको थियो ।

यसै बीच सेढवा ( जिराभवानी गा.पा. ) र देउरीया ( पटेरवा सुगौली गा.पा.) विच भएको उद्घाटन खेलमा देउरियाले सेढवालाई ५=० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेल सुरुभएको दश मिनेट नपुग्दै देउरीयाले सेढवालाई एक गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो ।

त्यसपछि दबाबमा परेको सेढवाले खेललाई बराबरीमा ल्याउने प्रयास गरेको भएपनि त्यो सफल हुन सकेन र थप २ गोल खादै सेढवा हाफ टाईमा नै ३ गोलले पछि परेको थियो।मध्यान्तरपछि देउरीयाले थप २ गोल गर्दै सेढवालाई जम्मा ५=० गोल अन्तरले पाखा लगाएको थियो ।

न्युन्यु एभरेस्ट क्लब परसवा द्वारा आयोजित प्रतियोगितामा विजेताले रु २ लाख नगद र ट्रफी साथै उपविजेताले रु १ लाख नगद र ट्रफी प्राप्त गर्ने आयोजकले  जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:217. Generation time:4.676 sec. Memory consumption:81.54 mb