26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मृतकका परिवारलाई सांसद प्रदिप यादव द्वारा रु ५० हजार सहयोग

मृतकका् घर मै पुगेर मृतकका अभिभावकलाई सहयोग रकमको चेक हस्ताान्तरण गर्दै सांसद यादव ।
वीरगञ्ज, २८ असोज । 
वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर  मृत्यु भएका बालकको परिवारलाई सांसद प्रदिप यावदले ५० हजार सहयोग प्रदान गर्नुभएको छ । सांसद यादवले  मृतक ७ बर्षिय रोहित चौधरीको जिरा भवानीपुुर गाउपालिका स्थित वार्ड नम्बर १ महादेव पट्टी गाउको घरमै पुगी राहत सहयोग प्रदान गर्नुभएको हो ।
आइतवार दिउसो घरमे  पुगेर सांसद यादवले मृतक रोहित चौधरी प्रति श्रद्धान्जली व्यक्त गर्दै घटनामा सलंग्न कालिका निर्माण कम्पनिलाई जसरी पनि कार्यवाहि गराएर छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले आफ्नो सांसदको तलब भत्ताबाट राहत सहयोग प्रदान गरेको बताउदै घटनामा घाइते बाल वालिकाहरुलाई  उपचार खर्च र क्षतिपुर्ती दिलाउन संधर्षरत रहेको बताउनु भयो ।
यस अघि पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष  प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको थियो । बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका सोही गाउका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ गत मगंलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५/२५ हजार रुपैया नगद सहयोग गर्नु भएको थियो ।
यादवले उक्त रकम , बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको थियो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया पनिप्रदान गर्नभएको छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:2.993 sec. Memory consumption:81.5 mb