2 April 2025
KALIKATIMES.COM

ड्राइपोर्ट–तिलावे सडकको समस्या समधानको लागि नेवि संघ द्वारा प्रजिअको ध्यानाकर्षण

नेवि संघका विदार्धी नेताहरु प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाउदै ।

राहुल गुप्ता ।

वीरगंज, २५ असोज ।
हुलाकी सडक अन्तर्गत ड्राइपोर्ट देखी तिलावे पुल सम्मको सडक धुलो मै भएको प्रति नेवि संघले आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको ध्यान आकर्षण गराएको छ ।

बाटो निर्माणको जिम्मा पाएका पप्पु कन्स्ट्रक्सन प्रालिको लपर्वाहीका कारण लामो समय देखी पर्साका जिल्लाका जनताहरु धुलो मै यात्रा गर्न बाध्य भएकोले समस्यालाई मध्यनजर गर्दै नेवि संघ क्षेत्रिय समितिहरुले प्रजिअ पौडेलको ध्यान आक्रर्षण गराएका हुन ।

नेवि संघ पर्सा क्षेत्र नं. २ का सभापति रञ्जीत पटेल, ३ का सभापति चन्दन सहनी र ४ का सभापति विकास तिवारी द्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशास कार्यालय, पर्सा मै पुगी विद्यार्थी नेताहरुले बुझाइएका थिए ।

बाटो धुलो मै भएका कारण पर्सा क्षेत्र १ देखी ४ सम्म जोडने मुख्य सडक खण्ड भएर यात्र गर्ने दिनहु १००० औं जनताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेकोले तुरुन्त छानवि गरि समस्या समाधान गर्नु पर्ने नत्र हामी आन्दोन गर्ने बाध्य हुने छौं नेवि संघले ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.150 sec. Memory consumption:82.44 mb