प्रणय साह ।
वीरगंज, २५ असोज ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, पर्साका प्रमुख लालबाबु साह घुस रकम सहित आज पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १५, चिनिमेल अवास क्षेत्रबाट रु ४० हजार घुस रकम सहित साहलाई पक्राउ गरेको हो ।
जगथरनापुर गाउँपालिकाको वडा नं. ३, स्थित रहेको श्री ने.रा. अधारभुत विद्यालय विजवनियाको भवन निर्माणको तेस्रो किस्ताको रकम निकासका लागि लिदै गरेको रु ४० हजार घुस रकम सहित साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस