2 April 2025
KALIKATIMES.COM

भोजपुरी भाषा, साहित्य र संगितको प्रवद्धनको लागि “भोजपुरी सांगितिक सांझ”

पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराउदै भोजपुरी समाजका सचिव रितु राज पटेल ।

वीरगंज, २५ असोज ।
नेपाली भोजपुरी समाजले असोज २७ गते, शनिबार वीरगंजमा “भोजपुरी सांगितिक सांझ” कार्यक्रमको आयोजन गर्ने भएको छ । समाजले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार सांझ ५ बजे देखी वीरगंजको आदर्शनगरमा सांगितिक तथा नृत्य कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

पब्लिक एफएममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल भोजपुरी समाजका सचिव रितु राज पटेलले भोजपुरी भाषा, साहित्य र संगितको प्रवद्धनको लागि कार्यक्रम आयोजना गर्न लागिएको वताए ।

“भोजपुरी सांगितिक सांझ” नाम दिइएको कार्यक्रममा नेपाल भोजपुरी समाजको सधल गायकन संगीतकारन द्वारा मनमोहन प्रस्तुति हुने सचिव पटेलले वताए । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, वीरगंज महानगरपालिका र सानो पाइलाको सहयोगमा खुल्ला सांगितिक कार्यक्रम हुने पटेलले वताए ।

हिन्दुहरुको महान पर्व दशै, दिपावली र छठ पर्वको अवसरमा आफनो मौलिकता र अश्लीलता मुक्त भोजपुरी गित–संगीत को माध्यमले कार्यक्रममा प्रस्तुती हुने वताइएको छ ।

पूर्ण रुपले श्लील र मौलिक भोजपुरी गित–संगीतको साथै नयाँ गायक–गायिका द्वारा प्रस्तुती हुने कार्यक्रमको संयोजनको जिम्मेवारी भोजपुरी समाजका सह सचिव र संगितकार अजमत अली अंसारीको नेतृत्वमा हुने जनाइएको छ । नेपाल भोजपुरी समाजका उपाध्यक्ष धुर्व सिंह ठकुरीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.744 sec. Memory consumption:82.44 mb