24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

सिमरा, २४ असोज ।

बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।

कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।

घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.849 sec. Memory consumption:81.42 mb