24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल र म्यागजिन सहित एक जना पक्राउ

वीरगंज, २४ असोज ।
पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिकाको वडा नं. १ बस्ने जुरजोधन हजाराको छोरा अन्दाजी बर्ष २५ को मनोज पासवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको सादापोशाक प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे पासवानलाई मेड इन युएसए लेखिएको एक थान स्वचालित पेस्तवल र एक थान खालि म्यागजिन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नजिकदै गरेको चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना अनुसार खटिएको प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४, फरदवा भुलवाही खोलाको बगरमा चेकजांच गर्ने क्रममा संकास्पद तवरले सुगौली गाउँ देखी निचुटा तर्फ पैदल हिडिरहेको देखि निजलाई रोकी शरिर खानतलासी गर्दा निजको साथबाट लुकाईछिपाई बोकी ल्याएको अवस्थामा पेस्तोल बरामद भए पछि नियन्त्रणमा लिई अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:219. Generation time:5.410 sec. Memory consumption:81.75 mb