24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लाल बंगला घटनाकाेे विषयमा सर्वपक्षीय बैठक, मृतक र घाईते परिवारलाई सहयाेग

वीरगञ्ज, २४ असाेज ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारमा सोमबार भएको घटनाको विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय छलफल भएको छ ।

छलफलमा घाइते भई काठमाडांैमा उपचार गराइरहेका दुई बालिकाको उपचारका लागि ठेकेदार कालिका कन्ट्रक्सनले दुई लाख रुपैयाँ उपलब्ध गराएकाे छ भने वीरगंज महानगरपालिकाले पनि मृतकका परिवारलाई सहयाे गरेकाे छ ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत डा. भीष्म कुमार भुषाल सहितकाे टाेलि मृतककाे घर जिराभवानी १, महाधेवपटीमा पुगि रू १ लाख सहयाेग गरेकाे छ ।

यस्तै कालिकाले मृतक बालकका परिवारलाई तत्कालका लागि किरिया खर्च दिने र क्षतिपूर्तिका लागि भने पछि छलफल गरेर रकम दिने सहमति जनाएको छ ।
यस्तै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेकी अर्की बालिकाको उपचार खर्च बेहोर्ने सहमति पनि कालिकाले जनाएको छ ।

छलफलमा लालबंगला परिसरमा राखिएका ह्युम पाइपहरू सकभर त्यहाँबाट हटाउने नभए त्यसको रेखदेखका लागि प्रहरी परिचालन गर्ने सहमति पनि भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको उपस्थितिमा भएको वार्तामा कालिका कन्ट्रक्सनका प्रतिनिधि अर्जुनजंग शाही, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भुसाल, राजनीतिक दलका नेता लगायतको सहभागिता रहेको थियो ।

यसै विच मृतक र घाईतेका स्थानियहरुले प्रमुख जिल्ला अधिकारी लोकलोकनाथ पौडेललाई क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

सोमबारसाँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको रातोबंगलामा कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युमपाइपमा खेल्ने क्रममा गम्भीर घाइते भएका वीरगञ्ज–९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको थियो । घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षीय रोहित राउत चौधरीको मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.598 sec. Memory consumption:81.43 mb