24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन : मुख्यमन्त्री राउत

जनकपुरधाम, असोज २३ ।

मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ ।
सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो ।

शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,‘ कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो ।

त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो ।

कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.829 sec. Memory consumption:81.42 mb