2 April 2025
KALIKATIMES.COM

सानो पाइला द्वारा वीरगंजमा सञ्चालनमा रहेको सानो घरको डाएन बरोज सानो घरले नामाकरण

वीरगंज, २२ असोज ।

सानो पाइला द्वारा वीरगंजमा सञ्चालनमा रहेको सानो घरको डाएन बरोज सानो घरले नामाकरण गरिएको छ ।

वीरगंज महानगरपालिका विर्ता स्थित रहेको सानोघरको उपमेयर शान्ति कार्की, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया र वियोन्ड द ओरफान्ज फाउण्डेशनका सिईओ गियोफ हुकर लगायतले संयुक्त रुपमा नामाकरण गरेका हुन् ।

घरवार विहिन रहेका बालबालिकाहरुलाई सानो पाईलाले अस्ट्रेलियाको वियोन्ड द ओरफान्ज फाउण्डेशनको सहयोगमा सञ्चालित सानो घरलाई फाउण्डेशनका सदस्य स्वर्गिय डाएन बरोजको सम्झनामा नामाकरण गरिएको सानो पाइलाका जय साहले वताए  ।

सोना पाईलाका अध्यक्ष सुदिप लामाको सभापतित्वमा समपन्न कार्यक्रममा  वियोन्ड द ओरफान्ज फाउण्डेशन अस्ट्रेलियाका रे क्रिक,  केररी,  जोन यस्तै अमेरिकाका क्याथरेनी, रिचेल, सानो पाइलाका सिईओ कञ्चन झा,  सचिव सुष्मा तिवारी  लगायतको उपस्थिति रहेको थियो ।

हाल डाएन बरोज सानो घरमा १२ जना बालबालिकाहरु रहेका छन्  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.930 sec. Memory consumption:82.44 mb