2 April 2025
KALIKATIMES.COM

तेरापंथ महिला मण्डलद्वारा वीरगंजमा अायाेजित श्री उत्सव मेला सम्पन्न

वीरगंज, २० असाेज ।
वीरगंज तेरापंथ महिला मण्डलद्वारा शनिबार वीरगंजमा श्री उत्सव मेलाको आयोजना गरिएको थियाे । पर्यावरण मुखी चाड पर्व मनाउने बारे जानकारी गराउन अखिल भारतीय तेरापंथ महिला मण्डलको निर्देशनमा वीरगंज शाखाले वीरगंज स्थित तेरापंथ भवनमा कार्यक्रमको आयोजना गरेको थियाे ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्धिको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य रागिनी देवी बरनवाल, भारतीय महा वाणिज्य दुत राजेश कुमार चुतुर्वेदी, उद्योगि तथा समाजसेवी अशोक वैधको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा वातावरण मुखी चाड पर्व मनाउनेलगायात विभिन्न विषयहरुमा चर्चा भएको थियो ।

मेलाको अबलोकन गर्दै प्रमुख अतिथि मुख्यमन्त्रि लालबाबु राउत गद्दीले प्रदुषणबाट हुने हानिका बारे चर्चा गर्दै यसलाई नियुनिकरण गर्न सबैले हातेमालो गर्न आवश्य रहेको बताए । उनले प्रदेश सरकारद्वारा संचालित हरित प्रदेश आयोजना प्रदुषणआई नियुनिकरण गर्ने उद्द्येशले पनि महत्वपूर्ण रहेको तर्क गरे ।

महिला मण्डलका सदस्यहरुद्वारा प्रेरणा आरती गरि सुरु गरिएको कार्यक्रममा विशेष अतिथि उद्योगि प्रदेशसभा सदस्य रागिनी बरनावाल, भरातीय महावाणिज्य दुत राजेश कुमार चतुर्वेदी, विशेष अतिथि उद्योगि अशोक वैधलगयात उपस्थित अतिथिहरुले वातावरन मैत्री चाड पर्व मनाउने तरिकाका बारे चर्चा गर्दै सबैलाई कम प्रदुषण हुनेगरी चाड पर्व मनाउन आग्रह समेत गरे ।

कार्यक्रममा स्वगात मन्तव्य महिला मण्डलीकि अध्यक्ष सुमन वैध गरेकी थिइन भने सल्लहाकार किरण देवी मणोतले मायाको चिन्हो प्रदान गरेकी थिईन । कार्यक्रमको संचालन दीपशिखा गान्धीले गरेकी थिईन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.636 sec. Memory consumption:82.44 mb