30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरको दसौतामा निशुल्क आंखा शिविर सम्पन्न, ३ सय जनाको आंखा परिक्षण

पर्सा, २० असोज ।
पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार निशुल्क आंखा शिविर सम्पन्न भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं. २, दसौतामा भएको शिविरमा ३ सय जनाको आंखा परिक्षण गरिएको छ । जस मध्ये १४५ जनामा मोतियाविन्द फेला परेको आयोजकले जनाएको छ ।

समाजसेवी नेपाली प्रसाद कुशवाहा र साविर आलमले शिविर आयोजना गरेका थिए । किरण आँखा अस्पताल वीरगंजका डा. अमर स्याल नेतृत्वको टोलीले शिविरमा आँखा परिक्षण गरेका थिए । श्री ने.रा.प्रा.वि. दसौतामा भएको आंखा शिविरमा स्थानिय अगुवा समिन गद्दी, रमेश कुशवाहा, असलम हवारी, एकबाली साह कानु लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.324 sec. Memory consumption:81.44 mb